२०८१ असार १ गते | 14th of June 2024

किएभमा ३५ घण्टे कर्फ्यु, मेयर भन्छन्- स्थिति खतरनाक

किएभमा ३५ घण्टे कर्फ्यु, मेयर भन्छन्- स्थिति खतरनाक
Sanchar_np प्रकाशित: २०७८ चैत २ गते ५:५४

युक्रेनको राजधानी किएभमा कर्फ्यु घोषणा गरिएको छ । किएभका मेयर भिटाली क्लित्स्कोले मंगलबार रातिबाट बिहीबार बिहानसम्म ३५ घण्टाका लागि कर्फ्यु लगाइएकाे बताएका छन् ।

उनले अहिले किएभले खतरनाक र कठिन क्षणको सामना गरिरहेको पनि बताएका छन् ।  मानिसहरूलाई कर्फ्युका बेला घरमै बस्न वा बमबारीबाट जोगिनका लागि बनाइएका आश्रयस्थलमा बस्न उनले आह्वान गरेका छन् ।

रुसी सेनाले राजधानी किएभका आवासीय भवनलाई लक्षित गर्दै हमला गरिरहेका बेला कर्फ्यु घोषणा गरिएको हो । मंगलबार रुसी सेनाको हमलामा किएभमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *