२०८१ असार १ गते | 14th of June 2024

युक्रेनमाथि भविष्यमा कुनै आक्रमण नहुने प्रत्याभूति दिने विषयमा कुराकानी

युक्रेनमाथि भविष्यमा कुनै आक्रमण नहुने प्रत्याभूति दिने विषयमा कुराकानी
Sanchar_np प्रकाशित: २०७८ चैत २ गते ११:५२

युद्ध अन्त्य गर्ने विषयमा रुस र मस्कोबीच भइरहेको वार्तामा युक्रेनमाथि भविष्यमा कुनै पनि किसिमको आक्रमण नहुने प्रत्याभूति दिने विषयमा चर्चा भएको बताइएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोदोल्याकले युक्रेनलाई कानूनी रूपमा सुरक्षा दिने प्रत्याभूतिको खाका तयार भइरहेको बताए ।

रुससँगको वार्ता टोलीमा पोदोल्याक पनि सामेल छन् ।उनले ट्विटरमा लेखे, ‘सुरक्षा प्रत्याभूतिको खाकामा कुरा भइरहेको छ । यसको अर्थ के हो रु युक्रेनमाथि हुने आक्रमणलाई सक्रिय रूपमा रोक्ने स्पष्ट कानूनी दायित्व विभिन्न मुलुकहरूले वहन गर्नैपर्ने कठोर सम्झौता हो यो ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *