२०८१ असार १ गते | 14th of June 2024

युक्रेनमाथि रुसको हमलालाई लिएर अमेरिकी राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति चिनफिङबीच संवाद हुँदै

युक्रेनमाथि रुसको हमलालाई लिएर अमेरिकी राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति चिनफिङबीच संवाद हुँदै
Sanchar_np प्रकाशित: २०७८ चैत ४ गते ५:२७

काठमाडौं । युक्रेनमा जारी संकटबीच अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी चिनफिङ फोनवार्ता गर्ने भएका छन्।

न्युज एजेन्सी एएफपीका अनुसार शुक्रबार बाइडेन चिनियाँ समकक्षी चिनफिङसँग युक्रेन संकटलाई लिएर संवाद गर्न लागेका हुन्। भनिएको छ, ‘यो मामलामा चीनले रुसको पक्ष लिन नहुने विषयमा बाइडेनले कुरा राख्नेछन्। यदि लिएको खण्‍डमा भोग्नुपर्ने समस्यासमेत अवगत गराउनेछन्।’

नोभेम्बरको भएको एक भिडियो समिटपछि पहिलोपटक चिनफिङ(बाइडेन संवाद हुन लागेको हो। युक्रेन संकटमा चीन रुससँग निकटजस्तो देखिन थालेपछि बाइडेनले कुराकानीको पहल गरेका हुन्।

यही मौकालाई आफूबीच रहेका अन्य मतभेद समे सुल्झाउन उपयोग गर्न सक्ने बाइएको छ।

ह्वाइटहाउसका प्रेस सेक्रेटरी जेन साकीले भनेका छन्, ‘चिनफिङको सोचाइ के छ, कुराकानीका क्रममा बाइडेनल जान्ने मौका पाउने अवसर हो।’ साकीका अनुसार व्यापार र अन्तराष्ट्रिय सप्लाइ चेनको मुद्दामा समेत कुरा हुनेछ तर युक्रेनमाथि रुसले गरिरहेको आक्रमण मुख्य मुद्दा हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *