२०८१ असार १ गते | 14th of June 2024

राषफोर्ड र सान्चो इंग्ल्यान्डको टिमबाट बाहिर

राषफोर्ड र सान्चो इंग्ल्यान्डको टिमबाट बाहिर
Sanchar_np प्रकाशित: २०७८ चैत ४ गते ५:५२

काठमाडौं । इंग्ल्यान्डले दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । इंग्ल्यान्डले स्वीजरल्याण्ड र आइभरी कोस्टविरुद्धको मैत्रीपूर्ण खेलका लागि टोलीको घोषणा गरेको हो ।

इंग्ल्यान्डले घोषणा गरेको टिममा फरवार्ड मार्कुस राषफोर्ड र जाडोन सान्चो अटाएका छैनन् । डिफेन्डर केली वाल्कर पनि टोलीमा छैनन् ।  डिफेन्डर मार्क गुइही पहिलो पटक इंग्ल्यान्डको टोलीमा परेका छन् ।

इंग्ल्यान्डले मार्च २६ मा स्वीजरल्याण्ड र मार्च २९ मा आइभरी कोस्टसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *