२०८१ असार १ गते | 14th of June 2024

सोमपालको तीन विकेटमा नेपालको उत्कृष्ट सुरुवात

सोमपालको तीन विकेटमा नेपालको उत्कृष्ट सुरुवात
Sanchar_np प्रकाशित: २०७८ चैत ४ गते ६:५०

काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गत यूएईविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ ।  सारजाहमा जारि खेलमा नेपालले बलिङ गर्दै गर्दा १० ओभरमा ३ विकेट चट्काएको छ ।

यूएईको तीनवटै विकेट सोमपाल कामीले लिएका हुन् । तेस्रो ओभरको ५ औं बलमा चिराग सुरीलाई ६ रनमा आउट गर्न सोमपालले बाउन्सर बल गरेका थिए । अप्रत्यासित बाउन्सरमा सुरीको ब्याटको टपएज लाग्दै किपर आसिफ शेखले सहज क्याच लिए ।

यस्तै सोमपालको व्यक्तिगत तेस्रो तथा नेपालको छैठौं ओभरको पहिलो बलमा वृत्त अर्भिन्दलाई ३ रनमा आउट्साइड एजमा आसिफ सहज क्याच गरे ।

मोहमद वासिमलाई सोमपालले कुशल भुर्तेलको हातबाट क्याच गराए ।  सुरुवाती समयमा ३ विकेट गुमाएको यूएई दबाबमा परेको छ । जारी खेलमा यूएई १५ ओभरमा ५१ रन बनाएर खेल्दै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *