२०८१ असार १ गते | 14th of June 2024

ललितपुरमा साढे १० अर्ब बढी राजस्व संकलन

ललितपुरमा साढे १० अर्ब बढी राजस्व संकलन
Sanchar_np प्रकाशित: २०७८ चैत ४ गते ७:११

काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा ललितपुर जिल्लामा साढे १० अर्ब बढी राजस्व संकलन गरेको छ ।

ललितपुर जिल्लाले फागुन मसान्तसम्ममा १० अर्ब ६९ करोड राजस्व संलन भएको हो । आन्तरिक राजस्व कार्यालय, ललितपुर १ र आन्तरिक राजस्व कार्यालय ललितपुर २ मार्फत् उक्त राजस्व संकलन भएको हो ।

सरकारले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आन्तरिक राजस्व कार्यालय, ललितपुर १ को लागि ६ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तोकेको थियो । जसमा उक्त कार्यालयले ५ अर्ब ९९ करोड ६२ लाख अर्थात् ९३ प्रतिशत राजस्व संकलनगर्न सफल भएको छ ।

त्यस्तै, सरकारले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आन्तरिक राजस्व कार्यालय, ललितपुर २ को लागि भने जम्मा ४ अर्ब ४ करोड ६७ लाख राजस्व संकलन गर्ने लक्ष्य दिएकोमा उक्त कार्यालयले लक्ष्यको ११५ प्रतिशत अर्थात् ४ अर्ब ६९ करोड राजस्व संकलन गर्न सफल भएको छ । जसमध्ये आयकरतर्फ सबैभन्दा धेरै २ अर्ब ७६ करोड ४९ लाख अर्थात् लक्ष्यको तुलनामा १ सय ७७ प्रतिशत आयकर संकलन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *