२०८१ असार १ गते | 14th of June 2024

युएईद्वारा नेपाललाई १६९ रनको लक्ष्य

युएईद्वारा नेपाललाई १६९ रनको लक्ष्य
Sanchar_np प्रकाशित: २०७८ चैत ४ गते ९:०७

काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गत नेपाललाई घरेलु टोली यूएईले सामान्य लक्ष्य प्रस्तुत गरेको छ । यूएईले नेपाललाई जितका लागि १ सय ६८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको हो ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको यूएईले मात्र १ सय ६८ रन बनाउँदा अल आउट भयो ।

यूएईमा सोमपाल कामीको उत्कृष्ट बलिङमा यूएई दबाबमा परेको थियो । सुरुवाती तीन विकेट सोमपालले सस्तैमा लिएपछी यूएई खेलमा पछि परेको थियो ।

यूएईका रिजवान सीपी र रोहण मुस्थाफाले सर्वाधिक ४०/४० रन बनाए । ओपनर मुहमद वसिमले २१ रन जोड्दा कासिफ दाउदले १८, बसिल हमिदले १४ तथा अहमेद राजाले १३ रन बनाए ।

यूएईलाई सास्तैमा समेट्न नेपालका सोमपालले ४ विकेट लिए । यस्तै कर केसीले ३  तथा सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी र सागर ढकालले समान १/१ विकेट लिए ।

आज युएईलाई हराउँदै नेपाल सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *