२०८१ असार १ गते | 14th of June 2024

कांग्रेस धादिङका १२ नेता कार्यकर्ता एमालेमा प्रवेश गरे

कांग्रेस धादिङका १२ नेता कार्यकर्ता एमालेमा प्रवेश गरे
Sanchar_np प्रकाशित: २०७८ चैत ४ गते १०:३४

नेपाली कांग्रेस धादिङका १२ जना नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन्। नेपाली कांग्रेसमा क्रियाशील नेत्रावती गाउँपालिका र नीलकण्ठ नगरपालिकाका नेताहरू एमाले प्रवेश गरेका हुन्।

नेपाली कांग्रेसबाट वडा अध्यक्षको उम्मेदवार बनेका नेत्रावती डबजोङ गाउँपालिका–५ का कालु गुरुङसहित नीलकण्ठ नगरपालिका वडा नम्बर १३ का रोशन गुरुङ, दीपक गुरुङ, अनिल गुरुङ, विकास गुरुङ, प्रेम गुरुङ, राजेश गुरुङ, विकास दाहाल, प्रदीप तामाङ, रामुसिंह तामाङ, सञ्चु घले र सन्तु घले एमालेतिर लागेका हुन्।

कांग्रेस छाडेर एमालेमा आएका नेताहरूलाई पार्टी महासचिव शंकर पोखरेल, एमाले बागमती प्रदेशका इन्चार्ज काशीनाथ अधिकारी र धादिङ अध्यक्ष भूमि त्रिपाठीले स्वागत गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *