२०८१ असार १ गते | 14th of June 2024

प्यूठानमा बस दुर्घटना हुँदा बालकको मृत्यु,९ जना गम्भीर घाइते

प्यूठानमा बस दुर्घटना हुँदा बालकको मृत्यु,९ जना गम्भीर घाइते
Sanchar_np प्रकाशित: २०७८ चैत ५ गते ५:५४

प्यूठानको माण्डवी गाउँपालिकाको तारिवाङमा याुत्रबहाक बस दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको छ ।

प्यूठानको अरङखोला ढिकावनबाट दाङको घोराहीतर्फ जाँदै गरेको ना ३ ख ७१३२ नम्बरको बस दुर्घटना हुँदा अन्य ३० जना घाइते भएका छन् । दुर्घटनामा एक जना बालकको मृत्यु भएको र थप विवरण आउन बाँकी रहेको स्थानीयलाई उदृत गर्दै दुर्घटनास्थलमा पुगेका पत्रकार राजेन्द्र रावत क्षेत्रीले जानकारी दिए ।

दुर्घटनामा घाइते र मृतक सबैलाई स्थानीयले उद्धार गरी नजिकैको स्वास्थ्यचौकीमा पुर्‍याएको छ । दुर्घटनामा ९ जना गम्भीर घाइते भएका छन् । उनीहरु सबैलाई दाङको बगंलाचुली लैजाने तयारी भइरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *