२०८१ असार १ गते | 14th of June 2024

बागबजारमा कुटेर एक युवकको हत्या

Sanchar_np प्रकाशित: २०७८ चैत ५ गते ६:१६

काठमाडौंको बागबजारस्थित भक्तपुर बसपार्कमा कुटेर युवकको हत्या गरिएको छ । चैत ३ मा ५–६ जनाको समुहले कुटेर खोटाङ घर भएका २९ वर्षीय रोशन राईको हत्या गरेका हुन् ।

सार्वजनिक शौचालयमा पैसा उठाउने रोशन र अर्को एकजना युवकको बिचमा शुरुमा झगडा भएको थियो । झगडा गर्ने युवकले आफ्नो समूह बोलाएर रोशनलाई मरणासन्न हुनेगरी कुटेका थिए ।

उपचारको क्रममा रोशनको शुक्रवार ट्रमा सेन्टरमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताए । हत्यामा संलग्न युवकहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *