२०८१ असार १ गते | 14th of June 2024

राखेप सदस्यसचिवबाट हटाइएका सिलवालको रिटमा सुनुवाइ हुँदै

राखेप सदस्यसचिवबाट हटाइएका सिलवालको रिटमा सुनुवाइ हुँदै
Sanchar_np प्रकाशित: २०७८ चैत ६ गते ७:०४

काठमाडौं । आफूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेपको) सदस्यसचिवबाट गैर कानुनी रूपमा हटाइएको भन्दै रमेश सिलवालले दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सुस्मलता माथेमाको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो । आजको इजलासले अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने आदेश गर्नेछ ।

केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका सिलवाललाई वर्तमान देउवा सरकारले हटाएर टंकलाल घिसिङलाई सदस्यसचिव नियुक्त गरेको थियो । त्यसपछि सिलवाल अदालत पुगेका हुन् ।

उनको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले सिलवाललाई हटाउने र घिसिङलाई नियुक्त गर्ने दुवै निर्णयलाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

अदालतको आदेशले आफूलाई काममा फर्कन नरोक्ने भन्दै सिलवाल राखेप जाने तयारीमा देखिए पनि उनलाई रोकिएको थियो ।
अल्पकालीन अन्तरिम आदेश जारी गरेर दुवै पक्षलाई छलफलका लागि बोलाए पनि लामो समयपछि सर्वोच्चमा उक्त रिटमाथि सुनुवाइ भएको हो ।

११ औं पटक पेसी चढेको उक्त रिट सात पटक हेर्न नभ्याइनेमा राखिएको थियो भने एकपटक हेर्न नमिल्ने भन्दै स्थगित भएको थियो । एकपटक निवेदकले नै स्थगित गराएका हुन् ।

पुस २९ गते हरि फुयाँलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।सिलवालले कात्तिक २७ गते रिट दर्ता गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *