२०८१ असार २९ गते | 12th of July 2024

आज पूर्णिमा व्रत, चन्द्रमा पूर्ण आकारमा

आज पूर्णिमा व्रत, चन्द्रमा पूर्ण आकारमा
Sanchar_np प्रकाशित: २०७९ मंसिर २१ गते १:११

काठमाडौं, आज पूर्णिमा व्रत रहेको छ । मंसिर महिनाको तिथिले भोलि बिहीबार परे पनि पूर्णिमाको व्रत बस्नेले बुधबार नै बस्नुपर्नेछ । यस दिन विशेष गरी भगवान शिव र विष्णुको पूजा अर्चना गरिन्छ ।

सर्वाधिक चम्किलो र तेजिलो देखिने चद्रमाले यस दिन आफ्नो पूर्ण आकार ग्रहण गरेको हुन्छ ।

बुधबारको दिन व्रत बस्नाले चन्द्रमाको कृपा प्राप्त हुने, स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने जनविश्वास रहिआएको छ।

आजको दिन भगवान विष्णुलाइ गरिने पूजाअर्चनालाई सत्यनारायणको स्वरुप पनि मानिन्छ ।

पूर्णिमाको व्रत बिहान सूर्योदय भएसँगै सुरु हुने र साँझमा चन्द्रोदय भएसम्म बस्ने गरिन्छ । साँझमा चन्द्रोदयपछि चन्द्रमाको दर्शन गरी व्रत समापन गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights