२०८१ असार ११ गते | 25th of June 2024

मनाङ–मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माण कार्य तीव्र

मनाङ–मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माण कार्य तीव्र
Sanchar_np प्रकाशित: २०७९ चैत ३ गते ६:१०

लमजुङ । हिमाली जिल्ला मनाङस्थित मर्स्याङ्दी नदीमा १ सय ३५ मेगावाटको मनाङ–मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माण कार्यधमाधम भइरहेको छ । कोरोना संक्रमणका कारण निर्माण हुन नसकेको सो जलविद्युत आयोजनाको निर्माण कार्य पुस अन्तिम साताबाट सुरु भएको हो ।

मनाङ–मस्र्याङ्दी जलविद्युत आयोजना निर्माणका लागि केही वर्ष पहिले नै तयारी भए पनि विश्वव्यापी कोरोना संक्रमण जोखिमका कारण निर्माण कार्य सुरु हुन सकेको थिएन । आगामी चार वर्षमा निर्माण सम्पन्न गर्नेगरी एक नेपाली र तीन चिनियाँ कम्पनीले साझेदारीमा सो जलविद्युत आयोजना निर्माण गर्न लागेका हुन् ।

आयोजना निर्माणका लागि बुटवल पावर कम्पनीसहित एससीआईजी इन्टरनेसनल, छिङचेङ इन्टरनेसनल र चिनियाँ लगानीकर्ता क्यूवाईसी इन्टरनेसनलले निर्माण गर्ने भएका हुन् । आयोजनामा नेपाली साझेदार बीपीसीको २० प्रतिशत र तीन चिनियाँ कम्पनीको संयुक्त रूपमा ८० प्रतिशत लगानी रहेको छ । कुल लागत ३३ अर्ब ३८ करोडमध्ये २० प्रतिशत स्वपुँजी र ८० प्रतिशत ऋण लगानी रहने आयोजनाले जनाएको छ ।

रन अफ द रिभर प्रकृतिमा बन्न लागेको सो आयोजनाबाट वार्षिक ७ सय ६६ दशमलव ५ सय ९३ गिगावाट विद्युत शक्ति उत्पादन हुने जनाइएको छ । आयोजनाबाट वार्षिक ७५ करोड नौ लाख ४८ हजार ८ सय ७५ युनिट विद्युत उत्पादन हुने प्रारम्भिक अध्ययनले देखाएको छ ।

सम्भाव्यता अध्ययनअनुसार यो आयोजनाको ग्रस हेड ४ सय ३० दशमलव २० मिटर र हेडरेस टनेल ६ दशमलव ०७५ किमि रहेको छ । आयोजना निर्माणका लागि सम्बन्धित कम्पनी र नेपाल सरकारबीच ३ पुसमा सम्झौता भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *