२०८१ असार ३१ गते | 14th of July 2024

जबरजस्ती कर्णाली पुलबाट हामफालेका १७ जनमध्ये १६ जना सकुशल निस्किए, ३० वर्षीय शाही अझै बेपत्ता (भिडियोसहित)

जबरजस्ती कर्णाली पुलबाट हामफालेका १७ जनमध्ये १६ जना सकुशल निस्किए, ३० वर्षीय शाही अझै बेपत्ता (भिडियोसहित)
Sanchar_np प्रकाशित: २०८० चैत १३ गते ११:३७

काठमाडौं। सोमबार होली खेलेर आएका १७ युवा कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट एकपछि अर्को गर्दै हामफालेका छन् । तीमध्ये एक बेपत्ता भएका छन्। प्रहरीका अनुसार कैलालीको लम्कीचुहा नगरपालिकाका ३० वर्षीय लोकेन्द्रबहादुर शाही बेपत्ता भएका हुन् ।

सोमबार बेलुकीसम्म गोताखोर प्रयोग गरेर खोजी गर्दा पनि नभेटिएपछि खोजी कार्य रोकिएको थियो । इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार युवाको समूहले पुलमा सामूहिक रूपमा तस्बिर खिच्ने भन्दै जबरजस्ती गएर हाम फालेका थिए ।

पछि हाम फालेका १६ जना सकुशल बाहिर निस्किएका थिए भने एक बेपत्ता भएका हुन् । युवाहरूले हामफालेको र डुंगाबाट खोजी गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

–भिडियो सामाजिक सञ्जाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights