२०८१ जेठ ५ गते | 18th of May 2024

हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य

हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य
Sanchar_np प्रकाशित: २०८१ वैशाख ३ गते १४:३४

काठमाडौं। एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले जितका लागि ११५ रनको लक्ष्य पाएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित १७।५ ओभरमा अलआउट हुँदै ११४ रन जोड्यो ।

नेपालका लागि अभिनाश बोहोराले ३ तथा ललित राजवंशीले एक मेडनसहित २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले अन्तिम २ बलमा २ विकेट तथा करण केसीले १ विकेट हात लिए ।

वर्षाले प्रभावित भएपछि नेपाल र हङकङबीचको खेलको ओभरसमेत घटाइएको छ । निर्धारित २० ओभरको खेललाई १८ ओभरमा घटाएको हो । यसअघि नेपाली समयअनुसार ११ः४५ बजेदेखि सुरुआत हुने भनिएको उक्त खेल वर्षाले प्रभावित बनेको थियो ।

यस प्रतियोगितामा नेपाल लगातार तेस्रो जितको खोजिमा छ । यसअघि खेलेका दुवै खेलमा नेपाल विजयी भएको थियो । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।

यस खेलमा हङकङलाई हराउन सके नेपाल एक खेल अगावै समूह ‘ए’बाट प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *