२०८१ जेठ ५ गते | 18th of May 2024

सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार २ सय

सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार २ सय
Sanchar_np प्रकाशित: २०८१ वैशाख ५ गते ११:४८

काठमाडौं। बुधबार सुनको मूल्यमा स्थिरता छाएको छ।

मंगलबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३९ हजार २ सय कायम भइ कारोबार भएको थियो, जुन हालसम्मकै उच्च हो।

तर आज मूल्य स्थिर भइ सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज तेजावी सुनको मूल्य पनि १ लाख ३८ हजार ५ सय ५० कायम भएको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले गिरावट आएको छ। मंगलबार चाँदीको मूल्य तोलामा १ हजार ७ सय ५० रहेकोमा आज मूल्य गिरावट भइ १ हजार ७ सय १५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *