२०८१ असार ३१ गते | 14th of July 2024

पूजा शर्मा अभिनीत एक्सन चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक (भिडिओ)

पूजा शर्मा अभिनीत एक्सन चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक (भिडिओ)
Sanchar_np प्रकाशित: २०८१ जेठ १७ गते १८:०८

काठमाडौं। नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक भएको छ ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । अभिनेत्री पूजा शर्माले एक्सन भुमिका निर्वाह गरेको चलचित्रमा कुन्साङ बोन्जनको शीर्ष भुमिका रहेको छ । फिल्मलाई रूपेश तामाङले निर्देशन गरेका हुन् भने देव मगर र अनुप गडाल निर्माता हुन् ।

फिल्ममा रविना थापा मगरको कथा, संजोग कुँवर रानाको पटकथा तथा संवाद, श्री श्रेष्ठको द्वन्द्व, हरिबहादुर घलेको छायाँकन र बन्द्रे प्रसादको सम्पादन छ । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री शर्माले सुटिङको भिडियो हेर्दा अहिले पनि हात काँप्ने बताइन् । उनले बाइक चलाएर मात्रै एक्सन हुन्छ भन्नेजस्ता शीर्षकमा समाचार संप्रेषण भइरहेकोप्रति आपत्ति जनाउँदै उनले चलचित्र हेरिसकेपछि मन लागेको शीर्षक राख्न तर एउटा मात्रै क्लिप हेरेर शीर्षक नराखिदिन आग्रह गरिन् ।

उनले भनिन् ‘अहिले पनि फिल्मको सुटिङ कसरी गर्नसकेँ, कसरी गरेँ भनेर हात काँप्छ । अब मलाई गरायो भने म सक्दिनँ होला । त्यो मेहनत अहिले सम्झिँदा डर लाग्छ । अब कामले नै देखाउँछु भनेर अघि बढेको छ । बाइक चलाएर एक्सन हुन्छ भन्ने शीर्षकमा समाचार लेख्नुभएको थियो, पूरा फिल्म हरेपछि थाहा हुन्छ, केके छ भनेर त्यस्तो शीर्षक नलेखिदिनुहोला ।’

पूजाले दान्भीमा पहिलोपटक एक्सन भुमिका निर्वाह गरेकी हुन् । चलचित्र आगामी असार ७ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

हेर्नुहोस् भिडिओ  :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights