२०८१ असार ३१ गते | 15th of July 2024

प्रेमी जाहिरसँग विवाह गर्दै सोनाक्षी सिन्हा

प्रेमी जाहिरसँग विवाह गर्दै सोनाक्षी सिन्हा
Sanchar_np प्रकाशित: २०८१ जेठ २८ गते १४:००

काठमाडौं। बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले प्रेमी जाहिर इक्बालसँग यही जुन २३ मा मुम्बईमा विवाह गर्ने भएकी छन्। उनीहरुले सार्वजनिक रुपमा एकअर्काको प्रेम नस्वीकारे पनि उनीहरुले जुन २३ मा विवाह गर्ने निर्णय लिएका हुन्।

अहिले चर्चामा रहेको सिरिज ‘हीरामण्डीः द डायमण्ड बाजार’ को अभिनेत्री सोनाक्षीले आफ्नो निकट साथीभाई तथा परिवार र आफन्तलाई विवाहमा आउनका लागि निम्तो दिइसकेकी छन्।

उनीहरुको विवाह मुम्बईको बास्टियनमा हुने बताइएको छ।

सोनाक्षी र जाहिर दुई वर्षदेखि प्रेममा छन्। हालैमात्र सोनाक्षीको जन्मदिनमा जाहिरले सामाजिक सञ्जालमा सोनाक्षी र आफ्नो तस्बिर राख्दै जन्मदिनको शुभकामना दिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights