२०८१ असार ३१ गते | 15th of July 2024

कारसँग ठोक्किँएर नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूलीमा खस्यो

कारसँग ठोक्किँएर नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूलीमा खस्यो
Sanchar_np प्रकाशित: २०८१ असार १ गते १०:३९

काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक शुक्रबार बिहान दुईवटा सवारीसाधन आपसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर छ।

नेपालगञ्जबाट काठमाडौं आइरहेको भे१ख ४०६० नम्बरको यात्रुबस त्रिशूली नदी किनारमा खसेको छ। काठमाडौंबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कारसँग ठोक्किँदा बस नदी किनारमा खसेको हो। कारलाई जोगाउन खोज्दा बस नदी किनारमा खसेको एकजना प्रत्यक्षदर्शीले बताए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार कारमा सवार पाँचजना गम्भीर घाइते छन्। बसमा ४५ जना यात्री थिए। सबै यात्रीको अवस्था सामान्य छ।

गम्भीर घाइते भएका कारमा सवार सबैलाई उपचारका लागि चितवन पठाइएको धादिङको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights