२०८१ असार ३१ गते | 15th of July 2024

दक्षिण अफ्रिकाविरुद्ध जित्ने मनसायले मैदानमा जान्छौँ– कप्तान रोहित

दक्षिण अफ्रिकाविरुद्ध जित्ने मनसायले मैदानमा जान्छौँ– कप्तान रोहित
Sanchar_np प्रकाशित: २०८१ असार १ गते ११:१५

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले दक्षिण अफ्रिकाविरुद्ध जित्ने मनसायले मैदानमा जनाए बताएका छन् ।

दक्षिण अफ्रिकाविरुद्धको खेलअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान पौडेलले सुपर आठमा छनौट हुन दक्षिण अफ्रिका र बंगलादेश दुवैलाई जित्नुपर्ने अवस्था रहेको बताउँदै दक्षिण अफ्रिकाविरुद्ध खेल्न उत्साहित रहेको बताएका छन् ।

उनले दक्षिण अफ्रिकाले राम्रो क्रिकेट खेलिरहेको बताउँदै वेस्ट इन्डिजको कन्डिसन बारे आफूहरू स्पष्ट नभएको बताउँदै कप्तान रोहितले आफूहरूले कन्डिसन एडप्ट गरेर खेल्ने बताए । उनले वेस्ट इन्डिजमा पनि ब्याट्सम्यानलाई रन बनाउन गराउन गाह्रो हुने बताए ।

रोहितले दक्षिण अफ्रिकाको खेलमा १६० रन बनाउन सके राम्रो टोटल हुने बताउँदै सन्दीपको आगमनले नेपालको बलिङ युनिट राम्रो भएको बताए ।

आफूहरू दक्षिण अफ्रिकासँग जित्ने मनसायले नै मैदानमा जाने बताउँदै सबै खेलाडी उत्साहित रहेको बताए । रोहितले स्किल दक्षिण अफ्रिकाको राम्रो भएपनि हामीले हाम्रो उत्कृष्ट खेल खेलेमा दक्षिण अफ्रिकालाई हराउन सकिने बताए । उनले टेस्ट क्रिकेट खेल्ने देशलाई हराउन एक दुई जनाको प्रदर्शनले जित नसकिने बताउँदै उनले सबै खेलाडीले एक टिम भएर खेल्नुपर्ने बताए ।

नेपाली फ्यानले नतिजा जस्तो आएपनि समर्थन गरिरहेको बताउँदै रोहित आफूहरूले भविष्यमा पनि लगातार समर्थन पाउने विश्वास व्यक्त गरे ।

नेपालले समुह डी अन्तर्गत दक्षिण अफ्रिकासँग भोलि बिहान ५ः १५ बजेदेखि खेल्दै छ । यो खेल वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित आरनोस भाल स्टेडियममा हुदै छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights