२०८१ असार ३१ गते | 15th of July 2024

मनसुनको प्रभाव पूर्वमै, मध्य र पश्चिम तराईका जिल्लामा असार २ गतेसम्म तातो हावा चल्ने

मनसुनको प्रभाव पूर्वमै, मध्य र पश्चिम तराईका जिल्लामा असार २ गतेसम्म तातो हावा चल्ने
Sanchar_np प्रकाशित: २०८१ असार १ गते ११:४८

काठमाडौं। मध्य र पश्चिमी तराईका भूभागमा आगामी असार २ गतेसम्मै अत्यधिक गर्मी कायम रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले बिहीबार बेलुका ६ बजे विशेष बुलेटिन जारी गर्दै जेठ ३२ गतेदेखि असार २ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना औंल्याएको हो।

त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ। महाशाखाका अनुसार कोशी प्रदेशमा मनसुन सक्रिय छ। मधेस र बागमती प्रदेशमा पनि केही शीतल महसुस हुने गरेको छ। तर लुम्बिनी र सुदूरपश्चिमका तराईका भूभागमा अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ।

ती स्थानहरूमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ। यस वर्ष सरदर मिति (जुन १३) भन्दा तीन दिन अघि नै कोशी प्रदेशमा भने मनसुनी प्रणाली भित्रिएको थियो। बेलाबेला पानी परिरहेकाले कोशी प्रदेशका जिल्ला शीतल छन्।

बाढी पूर्वानुमान महाशाखाले कोशी प्रदेशका नदीहरूमा बाढी आएर जलसतह बढ्ने सूचना नै जारी गरेको छ। महाशाखाले आज बिहान साढे ३ बजे अलर्ट जारी गर्दै तमोर नदीको सतह ६ मिटर बढेकाले सतर्क रहन भनेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights