२०८१ असार ३१ गते | 15th of July 2024

भत्ता नपाएपछि संसद् सचिवालयका कर्मचारी आन्दोलनमा, यस्ता छन् ११ माग

भत्ता नपाएपछि संसद् सचिवालयका कर्मचारी आन्दोलनमा, यस्ता छन् ११ माग
Sanchar_np प्रकाशित: २०८१ असार १ गते १४:४८

काठमाडौं। संघीय संसद् सचिवालयका कर्मचारीहरुले विभिन्न ११ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन्।

आफूहरुले कार्यालय समय भन्दा पनि अतिरिक्त काम गर्नु पर्ने तर त्यसको भत्ता नपाएको विषयसहित अन्य मागहरु लिएर कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन्।

आज उनीहरुले हातमा कालोपट्टी बाँधेर विरोध जनाए। ‘संघीय संसद्का कामकारबाही तोकिएको कार्यालय समयभित्र मात्र सञ्चालन नहुने भएकाले सचिवालयमा कार्यरत कर्मचारीहरुको अतिरिक्त समयमा समेत काम गर्नुपर्ने अवस्था रहेको छ। आईएलओ कन्भेन्सन, १९३० को पक्षराष्ट्र भएकाले उक्त कन्भेन्सन को नम्बर ३० को आर्टिकल ३ को व्यवस्था बमोजिम अतिरिक्त समय काम लगाएबापतको अतिरिक्त भत्ता प्रोत्साहन भत्ताको व्यवस्था गर्नुपर्ने,’ विज्ञप्ति जारी गर्दैै भनिएको छ।

त्यस्तै संघीय संसद् सचिवालयका प्राविधिक समूहमा कार्यरत कर्मचारीहरुका लागि प्राविधिक ग्रेड, जोखिम भत्ता तथा विशेष बीमाको व्यवस्था गर्न समेत माग गरेका छन्।

त्यस्तै आफूहरुको माग शीर्घ सम्बोधन नभए आगामी दिनमा थप आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights