२०८१ असार ३१ गते | 15th of July 2024

आजदेखि युरो–२०२४, उद्घाटन खेलमा जर्मनी र स्कटल्यान्ड भिड्ने

आजदेखि युरो–२०२४, उद्घाटन खेलमा जर्मनी र स्कटल्यान्ड भिड्ने
Sanchar_np प्रकाशित: २०८१ असार १ गते १४:५३

काठमाडौं। युरोपियन च्याम्पियनसिपको १७औँ संस्करण आज (शुक्रबार)देखि जर्मनीमा सुरू हुँदै छ । प्रतियोगिताको पहिलो दिन आज घरेलु टिम जर्मनी र स्कटल्यान्ड उद्घाटन खेलमा प्रतिस्पर्धा गर्नेछन् । यो खेल नेपाली समयअनुसार राति १२ः४५ बजेदेखि सुरू हुनेछ ।

आजदेखि जुलाई १४ सम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरु जर्मनीका विभिन्न १० सहरका मैदानमा खेलाइनेछ । प्रतियोगिताका यस संस्करणमा कुल २४ टिमको सहभागिता छ । जसलाई प्रत्येक समूहमा चार टिम रहने गरी ६ समूहमा विभाजित गरिएको छ ।

समूह चरणबाट शीर्ष दुई टिम सोझै प्रि–क्वार्टरफाइनल प्रवेश गर्नेछन् । यस्तै, बाँकी चार टिमले भने समूह चरणका उत्कृष्ट तेस्रो टिमको रूपमा प्रि–क्वार्टरफाइनलमा प्रवेश पाउनेछन् । यसअघि कोभिड–१९ महामारीका कारण २०२१ मा आयोजना भएको प्रतियोगिताको उपाधि इटालीले जितेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights