२०८१ असार ३१ गते | 14th of July 2024

नेपाल आइडल करण परियारलाई प्रधानमन्त्रीले दिए गितार उपहार

नेपाल आइडल करण परियारलाई प्रधानमन्त्रीले दिए गितार उपहार
Sanchar_np प्रकाशित: २०८१ असार १३ गते १२:१६

काठमाडौं। नेपाल आइडल सिजन ५ का विजेता करण परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । उनले बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई भेटेका हुन् ।

प्रधानमन्त्रीकै निम्तामा बालुवाटार पुगेका उनलाई प्रधानमन्त्रीले बधाई तथा शुभकामना दिएका थिए । उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई गितार उपहार दिएको प्रधानमन्त्रीको सचिवालयले जनएको छ ।

प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुख दुखमा आफू साथमै रहेको समेत बताएका थिए । सामान्य परिवारबाट गायन क्षेत्रमा आएका करण परियारको स्वरको तारिफ हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights