२०८१ असार ३१ गते | 14th of July 2024

आज तरकारीको मूल्य कति?

आज तरकारीको मूल्य कति?
Sanchar_np प्रकाशित: २०८१ असार १७ गते १२:२६

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

कालीमाटीमा आज धेरैजसो तरकारी हिजोअस्ति कै मूल्यमा किनबेच भइरहेको छ। तर, केही तरकारीको मूल्य भने थपघट भएको छ।

कालीमाटीमा आज सानो लोकल गोलभेँडा सबैभन्दा सस्तो छ भने डल्ले च्याउ सबैभन्दा महँगो छ।

गोलभेँडा किलोको १७ रुपैयाँमा किनबेच हुँदा डल्ले च्याउ ३१६ रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएको छ।

कालीमाटीमा आज कन्य च्याउको मूल्य ह्वात्तै घटेको छ। हिजो किलोको १५० मा किनबेच भएको कन्य च्याउ आज २० रुपैयाँ घटेर १३० रुपैयाँमा झरेको छ। तर, डल्ले च्याउ भने हिजोको तुलनामा आज किलोमा २० रुपैयाँ बढेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights