२०८१ असार ३१ गते | 14th of July 2024

एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन उद्घाटन सत्र सुरु

एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन उद्घाटन सत्र सुरु
Sanchar_np प्रकाशित: २०८१ असार १७ गते १४:२०

काठमाडौं। नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ। महाधिवेशन प्रज्ञा भवन कमलादीमा सुरु भएको हो ।

कार्यक्रममा नेकपामा सचिव नेत्रविक्रमचन्द समेत आइपुगेका छन् । कार्यक्रममा विशिष्ट अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रहेको महासचिव घनेश्याम भुसालको भनाइ छ ।

कार्यक्रममा सम्मानित नेता झलनाथ खनाल र अध्यक्ष माधवकुमार नेपालले आसन ग्रहरण गरीसकेका छन् । कार्यक्रममा विभिन्न राजनीतिक दललाई निम्ता दिएको छ। एमाले अध्यक्ष ओलीलाई पनि निम्ता गरिएको छ तर उनी उपस्थित हुने जानकारी आएको छैन।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने उपस्थित हुने कार्यक्रमको उनको सचिवालयले बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights