२०८१ असार ३१ गते | 14th of July 2024

भेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वार्टरफाइनलमा

भेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वार्टरफाइनलमा
Sanchar_np प्रकाशित: २०८१ असार १८ गते १२:१९

काठमाडौं। भेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वार्टरफाइनलमा पुगेका छन्।

सोमबार बिहान सम्पन्न समूह चरणका अन्तिम खेलमा भेनेजुएलाले जमैकालाई ३–० गोल अन्तरले पराजित गरेको थियो। भेनेजुएलाको जितमा एडुवार्ड बेलो, सालोमोन रोनडन र एरिक रामिरेजले एक एक गोल गरेका थिए। यो जितपछि भेनेजुएलाले समूह चरणका तीनै खेल जितेर ९ अंकसहित शीर्ष स्थानमा रहँदै क्वार्टरफाइनलमा पुगेको छ।

त्यस्तै अर्को खेलमा इक्वेडर र मेक्सिकोसँग गोल रहित बराबरी खेलेपछि दुवैको ४–४ अंक भएको छ। गोल अन्तरका आधारमा इक्वेडर क्वार्टरफाइनलमा पुगेको छ। त्यस्तै तेस्रो स्थानमा रहेको मेक्सिको र चौथो स्थानमा रहेको जमैका समूह चरणबाट बाहिरिएका छन्।

अब क्वार्टरफाइनलमा इक्वेडरले अर्जेन्टिनाको सामना गर्ने छ। यो खेल जुलाई ४ मा हुने छ। त्यस्तै भेनेजुएलाले भने क्वार्टरफाइनलमा क्यानडाको सामना गर्ने छ। यो खेल जुलाई ५ मा हुने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights