२०८१ असार ३१ गते | 14th of July 2024

युरोकपमा आजराति पोर्चुगल र स्लोभेनियाबीच खेल हुँदै

युरोकपमा आजराति पोर्चुगल र स्लोभेनियाबीच खेल हुँदै
Sanchar_np प्रकाशित: २०८१ असार १८ गते १२:२२

काठमाडौं। जारी युरोकप अन्तर्गत आज नक आउट चरणमा पोर्चुगल र स्लोभेनियाबीच खेल हुँदै छ । नेपाल समयअनुसार यो खेल आज राति १२ः ४५ बजेदेखि सुरु हुनेछ ।

समूह चरणमा पोर्चुगल समुह एफ को समूह विजेताको रुपमा नक आउट चरणमा पुगेको हो । पोर्चुगलले ३ खेलमा दुई जित र एक हारसहित ६ अंक हासिल गरेर शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुगेको हो । पोर्चुगलले चेक रिपब्लिकलाई २–१ गोल र टर्कीलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा जर्जियासँग २–० गोल अन्तरले पराजित भएको थियो ।

त्यसैगरी स्लोभेनिया समूह सी मा ३ खेलमा तिनै खेल बराबरी खेलेर समुहमा तेस्रो हुँदै नक आउट चरणमा पुगेको हो । पहिलो खेलमा स्लोभेनियाले डेनमार्कसँग १–१ गोलको, दोस्रो खेलमा सर्बियासँग १–१ गोलको, इङ्ल्याण्डसँग गोलरहित बराबरी खेलेको थियो ।

पोर्चुगल र स्लोभेनियाबीच अहिलेसम्म केवल एक खेल भएको छ जुन स्लोभेनियाले जितेको छ । गत मार्चमा भएको खेलमा स्लोभेनियाले पोर्चुगललाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights