२०८१ असार ३१ गते | 14th of July 2024

चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण

चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण
Sanchar_np प्रकाशित: २०८१ असार १९ गते १३:०४

म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीमा चन्दा जुटाएर खेलमैदान निर्माण भएको छ।

स्थानीयवासी, प्रवासीहरू र गाउँपालिकाको सहयोग जुटाएर स्टार स्पोर्टस् क्लबले खेलमैदान निर्माण गरेको हो। ४३ लाख ७७ हजार एक सय ५७ को लगानीमा निर्माण भएको खेलमैदानका लागि ३५ लाखभन्दा बढी प्रवासी र स्थानीयवासीले चन्दा सहयोग गरेका क्लबका अध्यक्ष केशव पाइजाले बताए।

स्थानीयवासीले उपलब्ध गराएको पाखोबारी सम्याएर ढलान सहितको खेलमैदान निर्माण गरिएको हो। चालीस मिटर लम्बाइ र १८ मिटर चौडाइमा ढलान गरी फाइबर बोर्ड राखिएको खेलमैदानको कुनातर्फ दर्शक बसेर खेल अवलोकन गर्न मिल्ने प्यारापिट बनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights