२०८१ असार ३१ गते | 14th of July 2024

बाँकेमा करेन्ट लागेर महिलाको मृत्यु

बाँकेमा करेन्ट लागेर महिलाको मृत्यु
Sanchar_np प्रकाशित: २०८१ असार १९ गते १३:२१

काठमाडौं। बाँकेको कोहलपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। सोमबार बेलुका साढे ६ बजेतिर कोहलपुर नगरपालिका–१३ भरैयाकी ४५ वर्षीया प्रेमा थारूको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी धर्मराज भण्डारीका अनुसार आफ्नै घरको धारामा नुहाउने क्रममा उनलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको थियो।

पानी परिरहेको हुँदा मोटरमा करेन्ट प्रवाह भएको हुन सक्ने र त्यहीँबाट करेन्ट लागेको अनुमान भइ रहेको भण्डारीले बताए।

दिनभर खेतमा रोपाइँको काम गरी आएकी प्रेमा धारामा नुहाउन भनेर गएकी थिइन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights