२०८१ असार ३१ गते | 14th of July 2024

चुरे गाउँपालिकाद्वारा किसानलाई बाख्रा वितरण

चुरे गाउँपालिकाद्वारा किसानलाई बाख्रा वितरण
Sanchar_np प्रकाशित: २०८१ असार २० गते १६:१५

कैलाली। कैलालीको चुरे गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा एक सय १२ किसानलाई खरी जातका बाख्रा वितरण गरेको छ। गाउँपालिकाले न्यून आयस्रोत भएका विपन्न, गरिब, असहाय र बाढीपीडित परिवारलाई प्राथामिकतामा राखेर बाख्रा वितरण गरेको हो।

चुरे गाउँपालिकाको पशु सेवा शाखाका प्रमुख धर्मराज भट्टका अनुसार चुरे–३ मा ५०, वडा नं ४ मा १४, वडा नं ५ मा १२, वडा नं ६ मा २६ र वडा नं ३ मा १० परिवारलाई बाख्रा वितरण गरिएको छ। पचहत्तर प्रतिशत गाउँपालिका र २५ प्रतिशत किसान स्वयंले व्यहोर्ने गरी प्रत्येक परिवारलाई अनुदानमा एक÷एकवटा बाख्रा वितरण गरिएको हो।

“विदेश जानुभन्दा गाउँमै पशुपालन र कृषि क्षेत्रमा लाग्न अभिप्रेरित गर्न किसान लक्षित अनुदानका कार्यक्रम बर्सेनि बढाउँदै लगिने छ”, उनले भने।

यसैगरी चुरे–५ मा प्रदेश सरकारको ५० प्रतिशत सशर्त अनुदानबाट रु पाँच लाखको लागतमा खोर सुधार कार्यक्रम अन्तर्गत खोर निर्माण गरिएको छ । गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा रु आठ लाखमा १६ बाख्रा नुहाउने ट्यांकी निर्माण गरिनुका साथै र रु आठ लाखमा बोकालाई खसी बनाउने मेसिन किसानलाई वितरण गरेको पशु शाखाले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights