२०८१ असार ३१ गते | 14th of July 2024

टी–२० अलराउण्डरको वरीयतामा हार्दिक पाण्डेय शीर्ष स्थानमा

टी–२० अलराउण्डरको वरीयतामा हार्दिक पाण्डेय शीर्ष स्थानमा
Sanchar_np प्रकाशित: २०८१ असार २० गते १६:३७

काठमाडौं। भारतलाई टी–२० विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका अल राउण्डर हार्दिक पाण्डेय आइसीसीको टी–२० अलराउन्डरको वरीयतामा शीर्ष स्थानमा उक्लिएका छन् ।

आईसीसीले बुधबार सार्वजनिक गरेको वरियतामा हार्दिक पाण्डेय अलराउण्डरको वरियतामा शीर्ष स्थानमा उक्लिएका हुन् । हार्दिकले विश्वकपमा गरेको प्रदर्शनको आधारमा दुई स्थान सुधार गर्दै शोर्ष स्थानमा उक्लिएका छन् ।

त्यस्तै श्रीलंकाका वानिन्दु हसरंगा यस सूचीमा दोस्रो स्थानमा छन भने अस्ट्रेलियाका मार्कोस स्टोइनिस तेस्रो स्थानमा रहेका छन् । त्यस्तै जिम्बाबेका सिकन्दर राजा चौथो, बंगलादेशका शकिब अल हसन पाँचौँ स्थानमा र अफगानिस्तानका मोहमद नावी छैटौँ स्थानमा पुगेका छन् । त्यस्तै अलराउन्डरको वरियतामा नेपालका दीपेन्द्र सिंह ऐरी भने सातौँ स्थानमा नै कायम रहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights