२०८१ असार ३१ गते | 14th of July 2024

रास्वपा महामन्त्री ढकाल पदबाट निलम्बित

रास्वपा महामन्त्री ढकाल पदबाट निलम्बित
Sanchar_np प्रकाशित: २०८१ असार २१ गते १०:३४

काठमाडौं। रास्वपाको केन्द्रीय समिति बैठकले महामन्त्री डा. मुकुल ढकाललाई निलम्बन गरेको छ । बुधबार बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई ७ दिनको लागि निलम्बन गरेको हो ।

महामन्त्रीका अनुशासनहिन क्रियाकलापका सम्बन्धमा प्रतिवेदनसहित थप कारवाहीका लागि केन्द्रीय समितिमा सिफारिस गर्न पार्टीको अनुशासन समितिलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।

उनीमाथि ७ दिन छानबिन गरिने र दोषी देखिएमा थप कारबाही हुने अन्यथा महामन्त्रीमा फर्किने छन् । बिहान ८ बजेदेखि बसेको वैठक १६ घन्टापछि मध्यरात १२ बजे सकिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights