२०८१ असार ३१ गते | 14th of July 2024

लागुऔषध कोकिनसहित दुई विदेशी पक्राउ

लागुऔषध कोकिनसहित दुई विदेशी पक्राउ
Sanchar_np प्रकाशित: २०८१ असार २१ गते ११:२१

काठमाडौं। नेपाल प्रहरीले एक किलो दुई सय ४७ ग्राम अवैध लागुऔषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ठमेलस्थित एक होटलबाट कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।

तान्जानियाका नागरिक ४६ वर्षीय रामधानी सिम्बा मवाबुम्बा र ५२ वर्षीय तवालिब किपेवु पशुआ पक्राउ परेका छन्।

उनीहरूलाई कोकिनका ७२ क्याप्सुलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्लास्टिक कोटेड कोकिनका क्याप्सुल उनीहरूले इथियोपियामा पुगी निलेर काठमाडौं आएको अनुसन्धानमा खुलेको ब्युरोले जनाएको छ।ज्ञछ–ज्ञठद्दण्ण्छछज्ञद्दठ.वउन

बरामद लागुऔषधको अन्दाजी बजार मूल्य चार करोड ३७ लाख बराबर रहेको प्रहरीको भनाइ छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights