२०८१ असार ३० गते | 13th of July 2024

एकैदिन प्रतितोला १६ सय रूपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?

एकैदिन प्रतितोला १६ सय रूपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?
Sanchar_np प्रकाशित: २०८१ असार २१ गते ११:५४

काठमाडौं। बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। बिहीबार सुनको मूल्य तोलामा १६ सयले बढेर तोलाको १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४३ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। चाँदी आज प्रतितोला ४० रुपैयाँले बढेर १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights