२०८१ असार ३१ गते | 14th of July 2024

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज जबाफी बहस, आजै आदेश आउन सक्ने

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज जबाफी बहस, आजै आदेश आउन सक्ने
Sanchar_np प्रकाशित: २०८१ असार २१ गते १२:०२

काठमाडौं। गृहमन्त्री रवि लामिछानेको निलम्बन मागिएको रिटमा बिहीबार पनि सुनुवाइ हुने भएको छ। रिटमा जबाफी बहस मात्र हुनेछ।

मङ्गलबार रिटकर्ता अधिवक्ता अनुपम भट्टराई र सहकारीपीडितका तर्फबाट जबाफी बहस भएको थियो। आज रिट निवेदकका तर्फबाट रमण कर्णसहितका कानुन व्यवसायीले जबाफी बहस गर्नेछन् ।

जबाफी बहसपछि लामिछानेको सहकारी ठगी प्रकरणमा आदेश हुनेछ।

सहकारी ठगीमा नाम जोडिएका गृहमन्त्री लामिछानेलाई महान्यायाधिवक्ता कार्यालयले उजुरी र अभियोजन नरहेको भन्दै पत्र दिएको थियो।

कास्कीमा सूर्यदर्शन सहकारीका पीडितले लामिछानेविरुद्ध किटानी जाहेरी दिए पनि महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई ‘क्लिन चिट’ दिएपछि अधिवक्ता भट्टराईले रिट दायर गरेका थिए।

कास्कीबाट लामिछानेविरुद्धको उजुरी र बुटवलको सुप्रिम सहकारीको अभियोजनको मिसिल झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ।

असार ७ गते सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा परेको रिट त्यसयता ‘हेर्दाहेर्दै’मा राखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights