२०८१ असार ३१ गते | 14th of July 2024

डेङ्गु फैलिन नदिन ‘खोज र नष्ट गर’ अभियान सञ्चालन

डेङ्गु फैलिन नदिन ‘खोज र नष्ट गर’ अभियान सञ्चालन
Sanchar_np प्रकाशित: २०८१ असार २१ गते १२:१८

काठमाडौं। विराटनगर महानगरपालिकाले डेङ्गु रोग नियन्त्रण तथा रोकथामका लागि १९ वटै वडामा लार्भा नष्ट गर्ने अभियानलाई तीव्र बनाएको छ ।

डेङ्गु सार्ने लार्भा नियन्त्रणका लागि महानगरले हरेक वडामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुका साथै खोज र नष्ट गर अभियान सञ्चालन गरेको हो । अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविकासहित सरोकार भएकाहरूको सहभागितामा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीपकुमार यादवले जानकारी दिए ।

उनका अनुसार टायरमा जमेको पानी, स्थिर रूपमा भाँडा, बोटल, प्लाष्टिकलगायतमा जमेको पानी, कुलर र एसी पछाडिको पानीलगायतमा डेङ्गुको सङ्क्रमण सार्ने लामखुट्टेले फूल पार्छ । जसको टोकाइबाट डेङ्गुको सङ्क्रमण हुने गर्छ । डा. यादवले डेङ्गु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय घरभित्र र वरिपरि पानी जम्न नदिनु नै रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको बताए ।

महानगर प्रमुख नागेश कोइरालाले विराटनगर महानगरपालिकामा डेङ्गुको सङ्क्रमण फैलिन नदिन ‘खोज र नष्ट अभियान’ लाई तीव्रता दिएको विराटनगर बताए । १९ वटै वडामा स्वास्थ्यकर्मी परिचालन गरेर डेङ्गु नियन्त्रणको अभियान सुरु गरिएको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights