२०८१ असार ३१ गते | 14th of July 2024

युरोकपको क्वार्टरफाइनलमा आज स्पेन र जर्मनी भिड्दै

युरोकपको क्वार्टरफाइनलमा आज स्पेन र जर्मनी भिड्दै
Sanchar_np प्रकाशित: २०८१ असार २२ गते १०:५०

काठमाडौं। जारी युरोकपमा आजदेखि क्वार्टरफाइनलका खेलहरू सुरु हुँदै छन्। आज क्वार्टरफाइनलको पहिलो खेलमा स्पेन र जर्मनीबीचको खेल हुँदै छ। यो खेल नेपाली समय अनुसार राति ९ः४५ बजेदेखि सुरु हुनेछ।

स्पेनले राउन्ड १६ मा जर्जियालाई ४–१ गोल अन्तरले पराजित गरेर क्वार्टरफाइनलमा पुगेको हो। त्यसैगरी जर्मनीले राउन्ड १६ को खेलमा डेनमार्कलाई २–० ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको हो।

यस युरोकपका प्रमुख दाबेदार मानिएका स्पेन र जर्मनीको यो भिडन्त निकै रोचक हुने देखिएको छ।

स्पेन र जर्मनीबीच अहिलेसम्म २६ खेल भएका छन्। जसमा जर्मनीले ९ खेल जितेको छ भने स्पेनले ८ खेल जितेको छ। त्यस्तै ९ खेल बराबरीमा सकिएका छन्।

युरोकपको अहिलेसम्मको यात्राको कुरा गर्दा स्पेनले अहिलेसम्म तीन पटक युरोकपको उपाधि जितेको छ। स्पेनले १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो। त्यस्तै स्पेन १९८४ मा उपविजेता बनेको थियो।

त्यसैगरी यस युरोकपको आयोजकसमेत रहेको जर्मनीले अहिलेसम्म तीन पटक युरोकप जितेको छ भने तीन पटक उपविजेता बनेको छ। जर्मनीले पछिल्लो पटक १९९६ मा युरोकप जितेको थियो भने २००८ मा उपविजेता बनेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights