२०८१ असार ३१ गते | 14th of July 2024

नेपालमा गोतोखोरको सङ्ख्या ११० पुग्यो

नेपालमा गोतोखोरको सङ्ख्या ११० पुग्यो
सशस्त्र प्रहरी बलका गोताखोरको नमुना अभ्यास मुग्लिन(चितवन), २० असार ः चितवनको इच्छाकामना–३ कुरिनघाटस्थित त्रिशूली नदीमा सशस्त्र प्रहरी बलका गोताखोरको नमूना अभ्यास । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठको उपस्थितिमा भएको तालिमको समापनमा बिहीबार नमुना अभ्यास प्रस्तुत गरेका हुन् । तस्बिर ः हीरालाल गुरुङ÷रासस
Sanchar_np प्रकाशित: २०८१ असार २२ गते १०:५८

चितवन। सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालन गरिएको गोताखोर तालिम सम्पन्न भएको छ।

चितवनको इच्छाकामना–४ कुरिनघाटस्थित त्रिशूली नदी किनारमा शिक्षालयले गत जेठ ९ गतेदेखि तालिम सञ्चालन गरेको थियो।

बागमती प्रदेश सरकारको सहयोगमा ३६ दिनसम्म सञ्चालित तालिममा १९ जना सहभागिता थियो।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले नेपालमा गोतोखोरको सङ्ख्या ११० पुगेको जानकारी दिए। शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद पौडेलले प्रशिक्षार्थीलाई चितवनको कुरिनटारस्थित त्रिशूली नदी, कास्कीको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोशी नदीमा तालिमको अभ्यास गराइएको बताए।

प्रशिक्षार्थीहरूले पानीजन्य घटना÷दुर्घटनामा उद्धारसम्बन्धी नमूना अभ्यास प्रदर्शन गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights