२०८१ असार ३१ गते | 14th of July 2024

राजनीतिक स्थायित्वका लागि नयाँ गठबन्धन– शशाङ्क कोइराला

राजनीतिक स्थायित्वका लागि नयाँ गठबन्धन– शशाङ्क कोइराला
Sanchar_np प्रकाशित: २०८१ असार २२ गते १३:२६

चितवन। नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले राजनीतिक स्थायित्वका लागि संसद्मा प्रतिनिधित्व गरेका दुई ठूला दल मिलेका बताएका छन्।

शुक्रबार पत्रकारसँग उनले देशमा राजनीतिक स्थायित्वका लागि दुई ठूला दल मिलेर सरकार बनाउने बताए। भने, ‘दुई ठूला दल मिल्नु राम्रो कुरा भए पनि लोकतन्त्रमा प्रतिपक्ष पनि त्यतिकै बलियो हुन आवश्यक छ ।’

सङ्घीयता कार्यान्वयनमा गइसकेको भए पनि सर्वसाधारणलाई यसबारे बुझाउन नसकिएको स्वीकार गर्दै उनले बजेट बाँडफाँट गर्दा प्रदेशलाई दृष्टिगत गरेर केन्द्र सरकारले बजेट विनियोजन गर्नुपर्थ्यो भने।

विकेन्द्रीकरणका माध्यमबाट मात्र चौतर्फी विकास सम्भव हुने भएकाले सबै राजनीतिक दलले यो वास्तविकतालाई मनन गरी तदनुरूप गर्नुपर्नेमा उनले जोड दिए । एक प्रश्नको जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्लाई सम्बोधन गरेर राजीनामा दिने विश्वास नेता कोइरालाले व्यक्त गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights