२०८१ असार ३१ गते | 14th of July 2024

राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित
राष्ट्रियसभा बैठक काठमाडौँ, २१ असार ः सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको राष्ट्रियसभा बैठक । तस्बिर ः रत्न श्रेष्ठ÷रासस
Sanchar_np प्रकाशित: २०८१ असार २२ गते १५:१५

काठमाडौं। राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । शुक्रबार राष्ट्रियसभामा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८१ पारित गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

सभामा अध्यक्ष नारायणप्रसाद दाहालले अर्थमन्त्रीको प्रस्ताव पारित भएको घोषणा गरे । “प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८१ पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु,” उनले भने ।

सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संसद्‌मा पेस गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights