२०८१ असार ३१ गते | 14th of July 2024

खुकुरी प्रहार गरी आमाको हत्या गर्ने छोरा पक्राउ

खुकुरी प्रहार गरी आमाको हत्या गर्ने छोरा पक्राउ
Sanchar_np प्रकाशित: २०८१ असार २२ गते १६:०५

तेह्रथुम। ४६ वर्षीया आमाको धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले २३ वर्षीय छोरालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लालिगुराँस नगरपालिका–८ सोल्मा तेजेन्द्र चोकका २३ वर्षीय दीपक नेपाली छन् । उनलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो।

दीपकले खुकुरी प्रहार गर्दा आमा तिलमायाको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights