२०८१ असार ३१ गते | 14th of July 2024

नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुसी भइहाल्ने अवस्था छैन– कोइराला

नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुसी भइहाल्ने अवस्था छैन– कोइराला
प्रतिनिधिसभा सासंद तथा नेपाली कांग्रेसका नेता शेखर कोइराला काठमाडौँमा बुधबार नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ नेपाल बैंक लिमिटेड केन्द्रीय समितिको दशौँ केन्द्रीय अधिवेशनमा मन्तव्य व्यक्त गर्दै । तस्बिरः हरिराम भेटुवालररासस
Sanchar_np प्रकाशित: २०८१ असार २२ गते १७:०६

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नयाँ सत्ता समीकरणको विषयलाई लिएर अहिले नै खुसी हुनसक्ने अवस्था नरहेको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिसकेको अवस्थामा विश्वासको मत लिएर विश्वासको मत नपाउँदा संविधानको धारा ७६ को उपधारा ३ मा नजाओस् भन्ने आफ्नो चाहना रहेको बताए । उनले संविधानलाई सबैले मान्नुपर्ने समेत बताए ।

कोइरालाले नयाँ सरकार बनेपछि निर्वाचन प्रणालीमा सुधार गर्नु पहिलो आवश्यकता रहेको बताए । उनले सधैँ अस्थिरतालाई बोकेर हिँड्नु भन्दा दुई ठुला दल मिलेर सरकार बनाउनु उचित रहेको बताए । नेता कोइरालाले गिरिजाप्रसाद कोइरालाले लिएका सङ्कल्पलाई ध्यानमा राखेर कांग्रेस अघि बढ्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights