२०८१ असार ३१ गते | 14th of July 2024

कालीगण्डकी करिडोर ठप्प

कालीगण्डकी करिडोर ठप्प
default
Sanchar_np प्रकाशित: २०८१ असार २४ गते ११:२१

बागलुङ। शनिबार बिहानैदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङखण्ड अझै खुल्न सकेको छैन। लगातारको वर्षाका कारण करिडोरको चार ठाउँमा पहिरो खसेको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडक नै भत्काएको छ। वर्षा नरोकिएसम्म सडक सञ्चालन गर्न नसकिने उनको भनाइ छ।

यस्तै, शनिबार बिहानैदेखि करिडोरको जैमिनी नगरपालिका–५ विनामारे, जैमिनी नगरपालिका–१ ठेउले खोला र जिमिरघाटमा पहिरोका कारण सडक पूर्ण रूपमा बन्द छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights