२०८१ असार ३१ गते | 14th of July 2024

सप्तकोशीमा बाढीको बहाव उच्च, ५६ वटै ढोका खोलियो

सप्तकोशीमा बाढीको बहाव उच्च, ५६ वटै ढोका खोलियो
राजविराज, २२ असारः सप्तकोशी ब्यारेजमा पानीको बहाव सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित सप्तकोशी ब्यारेजमा बढेको पानीको बहाव । सप्तकोशीमा आज साँझ पानीको बहाव मापन गर्दा तीन लाख तीन हजार ८६० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको सुरक्षाकर्मीले जनाएको छ । तस्बिरः अरुणकुमार यादव/रासस
Sanchar_np प्रकाशित: २०८१ असार २४ गते ११:३२

सुनसरी। अविरल वर्षाका कारण पानीको बहाव बढेपछि सप्तकोशी ब्यारेजका सबै ढोका खोलिएको छ। आइतबार बिहान ९ बजेको मापनपछि ५६ वटै ढोका खोलेको हो।

यो वर्षकै बहाव उच्च भएपछि कोशीका ५६ वटै ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए।

उनका अनुसार आइतबार बिहान ९ बजेपछि ३ लाख ६८ हजार क्युसेक पानीको बहाव मापन भएको छ।

सप्तकोशी नदीको बाढीले खतराको सङ्केत पार गरेपछि स्थानीय प्रशासनले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights