२०८१ असार ३१ गते | 14th of July 2024

इङ्ल्यान्ड युरोकपको सेमिफाइनलमा प्रवेश

इङ्ल्यान्ड युरोकपको सेमिफाइनलमा प्रवेश
Sanchar_np प्रकाशित: २०८१ असार २४ गते ११:४९

काठमाडौं। इङ्ल्यान्ड युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

डसेलडोर्फमा भएको तेस्रो क्वाटरफाइनल खेलमा स्विट्जरल्यान्डलाई टाईब्रेकरमा ५–३ ले हराउँदै इङ्ल्यान्डको सेमिफाइनलमा प्रवेश गरेको हो।

निर्धारित ९० मिनेट र अतिरिक्त समय पनि १—१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटले निर्धारण भएको थियो।

सुटआउटमा स्विट्जरल्यान्डका मानुएल आकान्जीको प्रहार इङ्ल्यान्डको गोलरक्षक जोर्डन पिकफोर्डले बचाएका थिए। अन्य सबै स्विस खेलाडीले भने आफ्नो पेनाल्टीमा सफल प्रहार गरे। इङ्ल्यान्डका कुनै खेलाडीले पनि गल्ती गरेनन्।

त्यसअघि निर्धारित समस्याको ७५औं मिनेटमा ब्रिल एम्बोलोले स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए। रुबेन भार्गासको क्रस इङ्ग्लिस डिफेन्डर जोन स्टोन्सले क्लियर गर्न नसकेपछि फार पोस्टमा एम्बोलोले सहजै गोल गर्न सफल रहेका थिए।

८०औं मिनेटमा इङ्ल्यान्डले बराबरी गोल गर्यो। डेकलान राइसको पास लिएर बक्स बाहिरबाट बुकायो साकाले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

इङ्ल्यान्डले अब सेमिफाइनलमा नेदरल्याण्ड्ससँग खेल्नेछ। अर्को सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्ने पक्का भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights