२०८१ असार ३१ गते | 14th of July 2024

मोटरसाइकलको ठक्करबाट सर्लाहीमा एक जनाको मृत्यु

मोटरसाइकलको ठक्करबाट सर्लाहीमा एक जनाको मृत्यु
Sanchar_np प्रकाशित: २०८१ असार २४ गते १२:४६

सर्लाही। सर्लाहीको हरिपुर नगरपालिका–१, जानकीनगरमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा स्थानीय ३८ वर्षीय इन्द्रहरी पोखरेलको मृत्यु भएको हो।

पोखरेललाई गएराति भित्री सडकमा उत्तरतर्फबाट बरहथवातर्फ गइरहेको ज ८ प ६८८९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पोखरेललाई हरिवनमा सामान्य उपचारपश्चात वीरगञ्ज लैजाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ।

मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights