२०८१ असार ३० गते | 13th of July 2024

२१.२७ अंकले बढ्यो नेप्से, ६ अर्बको कारोबार

२१.२७ अंकले बढ्यो नेप्से, ६ अर्बको कारोबार
Sanchar_np प्रकाशित: २०८१ असार २४ गते १५:३५

काठमाडौं। साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) २१.२७ अंकले बढेको छ । १ करोड ४० लाख १४ हजार ६२२ कित्ता शेयर कारोबार हुँदा नेप्से २१.२७ अंकले बढेर २१४०.९७ अंकमा पुगेको हो ।

नेप्सेमा आज भएको कारोबारमा १५० वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने ८२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै आजको कारोबारमा १५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

आजको कारोबारमा सिइडिबी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए भने मैलुङखोला जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । आज ८० हजार ८३८ वटा ६ अर्ब २९ लाख ३१ हजार ८५४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights