२०८१ असार ३१ गते | 14th of July 2024

बिलबिजक नभएको झण्डै २ करोड बराबरका सामानसहित २ वटा ट्रक नियन्त्रणमा

बिलबिजक नभएको झण्डै २ करोड बराबरका सामानसहित २ वटा ट्रक नियन्त्रणमा
Sanchar_np प्रकाशित: २०८१ असार २५ गते १५:३१

वीरगञ्ज। पर्सा प्रहरीले बिलबिजक नभएको एक करोड ८९ लाख ५० हजार ६ सय २२ मूल्य बराबरका सामानसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले वीरगञ्ज महानगरपालिका–२५ स्थित एकीकृत जाँचचौकी नजिकै सडकमा रोकिराखेका दुई वटा ट्रकबाट हार्डवेयर र मोटरपार्टस् बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले दुई वटा मालबाहक ट्रकबाट बरामद भएका हार्डवेयर र मोटरपार्टस् आजै कानुनी प्रक्रिया पु¥याएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको बताए।

प्रहरीले ना ६ ख ४०५८ र ना ३ ख १८७ नं को दुई वटा ट्रकबाट सो समान बरामद गरेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights