२०८१ असार ३१ गते | 14th of July 2024

आज २०८१ साल असार २५ गते मंगलबारको राशिफल

आज २०८१ साल असार २५ गते मंगलबारको राशिफल
Sanchar_np प्रकाशित: २०८१ असार २६ गते ११:११

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
मेषः खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। श्रमको उचित मूल्यांकन हुने दिन छ। राजनीतिक क्षेत्रमा तपाईंलाई कमजोर पार्ने समूह सक्रिय भएकाले सचेत बन्नु राम्रो हुन्छ।

वृषः समाजमा बोलीको प्रभाव रहनेछ। शेयर कारोबारमा फाइदा हुनेछ। सानो श्रमले ठुलो फाइदा हुने व्यापारको सुरुवात गर्नु राम्रो हुनेछ। फलफूल तथा दुग्धजन्य उत्पादनमा नाफा हुनेछ। परिवारको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः काम बनाउन बोलीमा चतुरता आवश्यक देखिन्छ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ। लगानी र श्रमको क्षेत्रबाट उचित मूल्य प्राप्त हुनेछ। सामाजिक सेवाको मौका मिल्नेछ।

कर्कटः बोलीको प्रभाव रहने छ। तपाईंको कामको प्रशंसा हुनेछ। कृषि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक लगानीबाट नाफा हुने दिन छ। परिवारले भने शंका गर्ने योग छ।

सिंहः सामाजिक कामको चिन्ता बढ्नेछ। अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। राजनीतिक क्षेत्रमा चासो बढ्नेछ। आफन्तसँगको भेटले दिन रमाइलो बन्नेछ।

कन्याः बौद्धिक कला र गलाले प्रशंसा पाउने दिन छ। भौतिक वस्तुको मूल्य बढ्नेछ। मनमा उत्साह बढ्नेछ। बहुमत साथीले समर्थन गर्नेछन्। समाजसेवाको अवसर प्राप्त हुनेछ। परिवारमा विचार मिल्दा दिन रमाइलोसँग बित्नेछ।

तुलाः दिन अनुकूल छ। शिक्षामा गरेको लगानीबाट उत्साह थपिनेछ। नयाँ वस्त्र लगाउने अवसर मिल्नेछ। कूटनीतिक माध्यमबाट समस्याको समाधान खोज्नु राम्रो हुन्छ। राजनीतिक क्षेत्रमा जिम्मेवारी थपिनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। संकटमा रचनात्मक साथ मिल्नेछ।

वृश्चिकः साथीको साथले तपाईंको काम बन्नेछ। आफूले आफूलाई समय सापेक्ष बनाउनुपर्नेछ। आलोचनाको सामना गर्नुपर्ने दिन छ। क्षमता अभिवृद्धि गर्ने समय आएको छ। संकटमा परिवारको सहयोग मिल्नेछ।

धनुः नयाँ ठाउँको यात्रा हुनेछ। पुराना साथीसँगको भेटले मन उत्साहित हुनेछ। वैदेशिक लगानीबाट नाफा हुनेछ। व्यापारमा लाभ हुनेछ। परिवारको दूरी बढ्ने जोखिम छ।

मकरः परोपकारमा सहभागी हुने दिन छ। राजनीतिक क्षेत्रमा जिम्मेवारीको भागबण्डामा मनमुटाव हुनेछ। व्यापारमा लगानी जोखिममा पर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। परिवारको साथमा दिन रमाइलोसँग बित्नेछ।

कुम्भः मानसिक तनावमा रहे पनि लामो समय रोकिएका कामले पूर्णता पाउने देखिन्छ। बौद्धिक व्यक्तिसँगको भेट फलदायी बन्नेछ। अर्थतन्त्रमा धोका हुनेछ। परिवारको साथले दिन सहज बन्नेछ।

मीनः असन्तुष्टिले मन दुःखी हुनेछ। न्यायपूर्वक गरेको कामको परिणाम कुर्नु राम्रो हुनेछ। सामाजिक र पारिवारका सदस्यले राम्रो कामको प्रशंसा गर्नेछन्। दैनिकी राम्रो बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights